संसदमा आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ - आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । प्रतिनिधि सभामा आज प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यक्रम छ ।
प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन आजको समय निर्धारण गरिएको हो ।
असार १ को बैठकमा ती मन्त्रालय र निकायकासमेतले जवाफ दिइसकिने समय तोकिए पनि हिजो राति अबेरसम्म चलेको बैठकमा पनि प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिन नभ्याएपछि सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि पुनः समय तोकेका हुन् ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया