‘पानीफोटो’ टिजर : बेपत्ता छोरा कुरिरहेका अनुप बराल र मेनुका

काठमाडौँ - साउन २० मा प्रदर्शन हुने घोषणा गरेको फिल्म ‘पानीफोटो’ले टिजर सार्वजनिक गरेको छ । डेढ मिनेट लामो टिजरमा छोरा कुरिरहेका अनुप बराल र मेनुका प्रधानको भाव समेटिएको छ ।
१२ वर्षपहिले गुरुकुलमा मञ्चन भएको नाटकलाई खगेन्द्र लामिछानेले फिल्ममा रुपान्तरण गरेका हुन् । लेखनसँगै फिल्मको निर्देशन पनि खगेन्द्र लामिछानेले गरेका हुन् । नाटकले द्वन्द्वमा बेपत्ता छोराको खोजीमा रहेका बाबु आमाको कथा कथा प्रस्तुत गरेको थियो ।
बिहीबार सार्वजनिक ट्रेलरले कथाको यही भावलाई संवाद र दृश्यमार्फत पस्किएको छ । टिजरमा अनुप बराल र मेनुका प्रधानबाहेक प्रकाश घिमिरे र खगेन्द्र लामिछानेको पनि झलक देख्न सकिन्छ । फिल्ममा मलिका महतको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया