गण्डकीको बजेट अझै बाटोमै, एकमुष्ट १० अर्ब विनियोजन

पोखरा - गण्डकी सरकारले अन्तिम वर्ष पनि सडक निर्माण र स्तरोन्नतिलाई नै प्राथमिकता दिएको छ । अर्थमन्त्री रामजी बरालले ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक गर्दा सडक र सडक पुलमा मात्रै १० अर्ब १५ करोड विनियोजन गरिएको छ ।
प्रदेश गौरवका सडक, एक निर्वाचन क्षेत्र एक सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडक, विभिन्न प्रादेशिक सडक, सडक पुल र झोलुंगे पुल निर्माणका लागि यो बजेट विनियोजन गरिएको हो ।
यसबाहेक प्रत्येक निर्वाचन क्षेत्रमा कृषि सडकसमेत निर्माण गर्ने गरी नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । यसका लागि एक करोडका दरले ३६ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा थप २०६ किलोमिटर सडक कालोपत्रे गर्ने, २० वटा सडक पुल र १५ वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ ।
सडक सञ्जाल नपुगेका गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमी गाउँपालिकामा सडकको पहुँच पुर्याउन भने जम्मा दुई करोड छुट्याइएको छ । जबकि यो योजना प्रदेश संरचना बजेपछि सबैभन्दा पहिले निर्णय गरिएको योजना हो ।
अझै पनि पालिका केन्द्र जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट छैन भने सरकारको प्राथमिकतासमेत कमजोर हुँदै गएको छ ।
प्रदेशको विकासमा दीर्घकालीन र रणनीतिक महत्व राख्ने सडक पूर्वाधार विकासमा प्राथमिकता दिएको अर्थमन्त्री बरालले बताए ।
गोरखाको आरूघाट हुँदै तिब्बत जोड्ने रूइला नाकासम्मको सडक निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने, भिमाद–डेढगाउँ–झ्यालवास–चोरमारा–दुम्कीवास–त्रिवेणी सडक खण्ड, शालिग्राम करिडोर लगायतका सडक निर्माण कार्यलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको सरकारले जनाएको छ ।
यस्तै, प्रादेशिक लोकमार्ग, स्थानीय तहको केन्द्र जोड्ने सडक र अन्य सडकमा पर्ने नदी र खोलामा सडकपुल तथा पुलेसा निर्माण गर्न बजेट छुट्याइएको छ ।
तर, कति बजेट भन्ने अंक उल्लेख गरिएको छैन । पोखरा महानगरपालिकासँगको साझेदारीमा प्रदेशस्तरीय बसपार्कको निर्माण सुरु गर्ने सरकारले जनाएको छ ।
पोखरा ३२ लामेआहालमा बसपार्क निर्माणको प्रक्रिया धेरै अघिदेखि सुरु भएपनि काम अघि बढेको छैन । पोखरा आउने पर्यटकको आवागमनलाई सहज बनाउन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराको लेकसाइड र लेखनाथसम्म पुग्न सक्ने बैकल्पिक मार्ग निर्माण गर्ने अर्थमन्त्री बरालले बजेटमार्फत उल्लेख गरेका छन् ।

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_4zQFzr58WL_1tebxhjwlxfo50nsnyh2ml1p57nspqnkvejvyybdvxievjdl9sr5uzms0i67.jpg)
प्रतिक्रिया