सुनसरीमा ट्रयाक्टरको ठक्करबाट मोहनलालको मृत्यु

सुनसरी - सुनसरीको गढी गाउँपालिका–३ मा आज ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सुनसरीकै बर्जु गाउँपालिका–६ का ५२ वर्षीय मोहनलाल माझी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकल चालक ५४ वर्षीय शिव नारायण चौधरीको पार्वती मेमोरीयल अस्पताल छिटहामा उपचार भइरहेको छ ।
प्रदेश १ ०२ ००३ त १७५२ नम्बरको ट्रयाक्टरले को ३ प २५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारी साधन सहित ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया