जिसस मकवानपुर सभापतिमा घलान निर्वाचित

मकवानपुर - जिल्ला समन्वय समिति (जिसस) मकवानपुर प्रमुखमा ललित बहादुर घलान निर्वाचित भएका छन् । मकवानपुरका १० पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष २० जना मतदाता रहेकोमा घलानले १७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
जिसस उपप्रमुखमा उम्मेदवारको मनोनयन दर्ता गर्ने दिनमा नेपाली कांग्रेसका सानुकाजी लुईटेलको मात्र मनोनयन परेकोले उनी निर्विरोध निर्वाचित भएका थिए । पाँच दलीय गठबन्धनको बहुमत भएता पनि निर्वाचन प्रक्रियाबाट जिल्ला समन्वय समितिका पदाधिकारीको लागि निर्वाचन गरिएको थियो ।
जिसस प्रमुखमा निर्वाचित घलान गठबन्धन दलबाट उम्मेदवार थिए । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका घलान स्थानीय तह सदस्य निर्वाचन २०७९ मा हेटौडा उपमहानगरपालिका १२ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी नेकपा एमालेबाट जिसस प्रमुखमा उम्मेदवारी दिएका इन्द्रसरोवर गाउँपालिकाका बुद्धिराम डिम्डुङले ३ मत प्राप्त गरेका छन् ।
९ सदस्यीय जिससमा दलित तथा अल्पसंख्यक सदस्यतर्फ नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारले मात्रै उम्मेदवारी दर्ता गराएकी छिन् । उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् । महिला सदस्यमा तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरु नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, सदस्य तर्फमा खड्ग बहादुर पुलामी, सुवर्ण गोपाली र बिरेन्द्र कुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । नेकपा (एस)बाट उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया