पोखराबाट प्याराग्लाइडिङको विकल्प खोज्न प्रदेश सरकारको चासो

पोखरा - गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न चासो देखाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यद्यपि यहाँका व्यवसायीहरूले पोखरामै उड्ने व्यवस्था मिलाइदिन आग्रह गरिरहेका छन् । प्रदेश सरकारले भने बजेट वक्तव्यबाटै पोखराबाट प्याराग्लाइडिङको वैकल्पिक विस्थापनको खोजी गर्न बजेट छुट्याएको छ ।
यद्यपि बजेट रकम भने खुलेको छैन । अर्थमन्त्री रामजी बरालले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न बजेट विनियोजन गरेको बताए । सरकारले यसपालि पर्यटनलाई चासोका साथ बजेट विनियोजन गरेको छ ।
होमस्टे प्रवर्द्धनदेखि साहसिक पर्यटनसम्म चासो दिइएको छ । प्रदेशभित्र क्यानोनिङ, क्यानोपी वाकिङ, जलयात्रा, जीपनलाई, बञ्जीजम्प, बीच टुरिजम तथा वाईल्ड लाइफ टुरिजमजस्ता साहसिक पर्यटन प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम विनियोजन भएको बरालले जानकारी दिए ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया