मन्त्री आले फेरि विवादमा

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन् ।
अपशब्द प्रयोग गर्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेका सुनिने अडियो सार्वजनिक भएसँगै उनको आलोचना भएको छ । यसअघि पनि उनले एक जना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए । मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीबाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन् ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया