एसीसी टी-ट्वान्टीः नेपालको उत्कृष्ट सुरुवात, संगिताले लिइन् ४ विकेट

काठमाडौँ – मलेसियामा शुक्रबारबाट सुरु भएको एसीसी महिला टी-ट्वान्टी च्याम्पियनशीपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले पराजित गरेको हो ।
९५ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ५ बलमा ४४ रनमै सिमित भयो । भुटानका लागि छिरिङ जाङ्मोले सर्वाधिक १६ रन जोडिन् । नेपालका लागि संगिता राईले सर्वाधिक ४ विकेट लिदाँ कविता कुँवर र सिता रानामगर समान २-२ विकेट हात पारे । इन्दु बर्मा र अस्मिना कर्माचार्य १-१ विकेट लिए ।
यसअघि मलेसियास्थित युकेएम-वाईयसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन तथा कप्तान रुविना क्षेत्रीले २१ रनको योगदान गरे । इन्दु बर्माले २० रन, डोली भट्टले ५, सिता रानामगरले ४, ममता चौधरीले ३ र विन्दु रावलले १ रन जोडे ।
भुटानका लागि सोनाम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी चेकीले १-१ विकेट हात पारे ।
नेपालले दोस्रो खेल शनिबार कुवेतविरुद्ध खेल्नेछ ।
च्याम्पियनसिपमा १० टिमको सहभागिता रहको छ । च्याम्पियनसिपमा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् ।
सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराइन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई रहेका छन् ।
समूह चरणको खेलपछि दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गर्ने दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एसिया कपका लागि छनोट हुनेछन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया