शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नेपालको १७७ वटा देशसँग कूटनीतिक सम्बन्ध स्थापना, थपियो ट्रिनिडाड एण्ड टोबागो

काठमाडौँ- नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७७ पुगेको छ । 

कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधबार बिहीबार हस्ताक्षर गरेका थिए । 

विज्ञप्तिमा नेपालको तर्फबाट न्यूयोर्कस्थित राष्ट्रसंघीय मिसनका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र ट्रिनिडाड एण्ड टोबागोको तर्फबाट राष्ट्रसंघका लागि ट्रिनिडाड एण्ड टोबागोका स्थानीय प्रतिनिधि तथा राजदूत डेनिस फ्रान्सिसले हस्ताक्षर गरेका थिए । 

दुवै देशका राजदूतले संयुक्त पत्र पठाई कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिएका छन् । 

ट्रिनिडाड एण्ड टोबागो दक्षिण क्यारेबियन राष्ट्र हो । ५ हजार १२८ स्क्वायर किलोमटर क्षेत्रफल रहेको ट्रिनीनाड एण्ड टोबागोको जनसंख्या १४ लाख रहेको छ । सन् १९६२ अगष्ट ३१ का दिन ट्रिनिडाड एण्ड टोबागो बेलायतबाट स्वतन्त्र भएको थियो । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता