लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु मधेशी र थारुमाथिकाे ठूलाे विभेद : सांसद अरगरिया
काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद उमाशंकर अरगरियाले सरकारले लाल आयोगको प्रतिवदेन सार्वजनिक नगरेर मधेशी र थारु माथिको विभेद गरेको बताएका छन् । शुक्रबारको संसद् बैठकको शून्य समयमा बोल्दै उनले लाल आयोगको प्रतिवदेन सार्वजनिक नगरेर विभेद गरेको भनाइ राखेका हुन् ।
‘मधेश थाररुहट आन्दोलनको बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सदनमा पटक पटक हामी आवाज उठाइरहेको छौँ,’ उनले भने, ‘सभामुखले पटक–पटक रुलिङ गर्दा पनि सरकारले सार्वजनिक नगर्नु मधेशी र थारुमाथिको ठूलो विभेद हो ।’
उनले आफूलाई मधेशीको मसिया भन्ने पार्टीहरू पनि सरकारमा हुँदा समेत प्रतिवदेन नभएको भन्दै व्यंग्य समेत गरे । उनले सरकारसँग उक्त प्रतिवेदन सार्वजनिक माग राखे ।
‘मधेश र मधेशीसँग लभ भएको पार्टी यही छ,’ उनले भने, ‘आफूलाई मधेशको मसिया भन्ने पार्टी पनि यही सरकारमा छ । मधेशलाई बलियो संगठन भन्ने पार्टीको सरकारको नेतृत्वै छ । तर मधेशथारुहट आन्दोलनको बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन । त्यसैले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया