एसपीपीका सम्बन्धमा भएका सहमतिका कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौँ - संसदीय समितिले एसपीपीका सम्बन्धमा भएका पत्राचार वा सहमतिको कागजात सात दिनभित्र उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले एसपीपीका सम्बन्धमा नेपालको रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका तर्फबाट अमेरिकासँग गरेका पत्राचार वा सहमति सात दिनभित्र समिति उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।
बैठकले एसपीपीका बिषयमा तत्कालीन परराष्ट्र सचिवको नेतृत्वमा रक्षा र गृहसचिव प्रधानसेनापति सम्मिलित कार्यदलको निष्कर्षलाई समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिने निर्णय भएको सभापति पवित्रा निरौलाले जानकारी दिए ।
एसपीपी ‘इण्डो प्यासिफिक रणनीति’ को हिस्सा बन्ने अमेरिकाको प्रतिवेदनपछि अब उप्रान्त यसमा नेपाल सरकार सहभागी नहुने अमेरिकालाई अवगत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको उनले बताए ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा कुनै पनि विवादास्पद सहमति वा कार्य नगर्न निर्देशन दिएको सभापति निरौलाले बताए ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया