यू-१५ क्रिकेटः प्रदेश एक र मधेश प्रदेश विजयी

काठमाडौँ - बलियो नेपाल कप यू-१५ क्रिकेट प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ । प्रदेश १, लुम्बिनी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशले अन्तिम ४ मा आफ्नो स्थान पक्का गरेका हुन् ।
समूह चरण अन्तर्गतको अन्तिम खेलमा लुम्बिनीलाई ५ विकेटले हराउँदै प्रदेश १ समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । शुक्रवार मुलपानी मैदानमा प्रदेश १ ले लुम्बिनीमाथि रोमाञ्चक हात पार्यो ।
ओसिलो मैदानका कारण १६ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिंग गर्दै लुम्बिनीले ७ विकेटको क्षतिमा १ सय ९ रन जोडेको थियो । जवाफमा १ सय १० रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको प्रदेश १ ले एक बल बाँकी रहदा ५ विकेट गुमाउंदै लक्ष्य पुरा गर्यो ।
दोस्रो खेलमा मधेश प्रदेशले बलियो ११ लाई ४६ रनले पराजित गर्दै समूह ‘बी’ को विजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन जोडेको थियो । उसका राहुल कुमार महतोले सर्वाधिक ६२ रनको योगदान गरे ।
जवाफमा १ सय ३२ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको बलियो ११ ले १८.५ ओभरमा सबै विकेट गुमाउनु अघि ८५ रन मात्र जोड्न सक्यो।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया