संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बन्छ : मन्त्री शर्मा
काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताएका हुन् ।
उनले सहमति जुटेका कानुनहरु अगाडि बढाउने बताए । संसदमा अहिले ५३ वटा विधेयकहरु रहेको र ८ वटा अध्यादेशहरूको प्रतिस्थापन विधेयक ल्याइएको पनि उनले जानकारी दिए ।
उनले भने, ‘हामीसँग ५३ वटा विधेयकहरु पार्लियामेन्टमा छन् । ८ वटा अध्यादेशहरूको प्रतिस्थापन विधेयक हामीले लिएर आएका छौँ । यही अधिवेशनमा नै अरु केही कानुनहरु ल्याउनुपर्नेछ । यद्यपि यो बजेट अधिवेशन भएतापनि यो विधेयक अधिवेशन जस्तै यसमा हामी बाँकी रहेका कानुन र सहमति जुटेका कानुनहरु अगाडि बढाएर लिएर जान्छौँ र धेरै वटा कानुन यो चोटी बन्छ ।’
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेको समाचार बाहिरिएको सम्बन्धमा छानविन हुनुपर्ने बताए ।
उनले गल्ती गर्नेहरु कानुनी दायरामा आउनुपर्ने बताए । उनले भने – ‘पहिला त त्यो गतिविधि के हो भन्ने कुरा छानविन हुनुप¥यो । सामाजिक सञ्जालमा आएको सबैकुरा के हो भन्ने कुरा यसको पहिलो शर्त भनेको छानविन हुनुपर्छ । कसैले गल्ती गर्छ भने त्यो कानुनको दायरामा आउनुपर्छ । तर गरेको छ कि छैन भन्ने कुरा चाहीँ त्यत्तिकै थाहा हुँदैन । यसमा मन्त्रीको भनाई के छ त्यो पनि बुझ्नुपर्ने हुन्छ । बाहिर आएको कुरा सत्य हो कि होइन यकिन गर्नुपर्ने हुन्छ । त्यो एकिन भइसकेपछि यस्तो यदि भएको हो भने त्यो हुनुहँुदैन । कानुनको दायरामा आउनैपर्छ ।’

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया