भदौ १७ मा आउने भयो केकी र आँचलकाे ‘झिँगेदाउ’

काठमाडौँ- ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिँगेदाउ’को दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा अब भदौ १७ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । निर्माता देउजाले सिनेमाको रिलिज दुई हप्ता अगाडि- प्रिपोन्ड भएको बताए ।
कोरोना महामारी अगाडि नै अधिकांश छायांकन सकिएको सिनेमाको केही दिन अगाडि मात्रै एक गीतको छायांकन गरिएको थियो । पोष्ट प्रोडक्सनको काम समेत अन्तिम चरणमा रहेको सिनेमाको केही दिनमा गीत रिलिज गर्दै प्रचार प्रचारको काम आरम्भ गरिनेछ । राम्रो सिनेमा बनेकाले पनि सिनेमा रिलिजका लागि उपयुक्त रिलिज मिति भदौ १७ नै लागेकाले वितरकको आग्रहमा रिलिज प्रिपोन्ड गरिएको निर्देशक देउजाले जानकारी गराए ।
सिनेमामा केकी अधिकारी मुकुन भुषाल, आँचल शर्मा र कुशल बिष्टले मुख्य भूमिका निवार्ह गरेका छन् । झिँगेदाउमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजले पटकथा तथा सम्वाद लेखेको सिनेमाका निर्माता सुलभ, समीक्षा र सुशील हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया