‘मेलम्चीको पानी पिउँदा किसुनजीको नाम आउँछ’
काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाडौं आइपुग्दा काठमाडौंबासीले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताएका छन् । मेलम्चीको पानी काठमाडौंमा आइपुगेको सन्दर्भमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता शर्माले पानी काठमाडौं ल्याइपुर्याउन सबैको कर्मलाई सम्झिनुपर्ने भएपनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा शुरु र अन्त्य हुन नसक्ने बताए । उनले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिएपनि उपत्यकाबासीले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गरे ।
‘कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गासिने नाम हो । कृष्णप्रसाद भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न शुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो । न मेलम्ची यहाँ आइपुग्ने हुन्थ्यो होला । सरकारले बिस्र्यो होला, मन्त्रीजीले बिर्सिनु भयो होला, अरुले बिर्सिनु भयो होला तर उपत्यकाबासी कसैले पनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक थोपा पिउँदै गरेको घुट्कोसँगै, हरेक थोपा पिउँदै गर्दा सम्झिनु भएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ’ उनले भने ।
प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाडौँ आउनुले हाम्रो सामथ्र्यको पुष्टि भएको पनि बताए । यसले आगामी दिनमा नवीन परियोजनातर्फ देशलाई लैजानको निम्ति मार्ग प्रशस्त गर्ने पनि बताए । नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि उनको भनाइ छ ।

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी

प्रतिक्रिया