नेपथ्यका अमृत गुरुङले स्वर दिएको ‘दोख’को ‘वन चरी’ सार्वजनिक

काठमाडौँ - असार २४ लाई प्रदर्शन मिति तोकेर प्रचार प्रसारमा उत्रिएको फिल्म ‘दोख’ले फिल्मको दोस्रो गीत सार्वजनिक गरेको छ । फिल्मले प्रदर्शन मिति तय गर्नुअगावै झुमा लिम्बूको स्वरमा रहेको गीत सार्वजनिक गरेको थियो ।
शुक्रबार सार्वजनिक गीतमा भने नेपथ्यका ब्यान्डमा भोकलिस्ट अमृत गुरुङको स्वर रहेको छ । ‘वन चरी उड्यो’ बोलको यो गीतलाई श्रवण मुकारुङले रचना गरेका हुन् भने संगीत गरेका हुन् आभाषले । गुरुङले चलचित्रका लागि पहिलोपल्ट गीत गाएका हुन् ।
कार्यक्रममा बोल्दै गुरुङले भने, ‘चलचित्रमा गीत गाउँदिन भनेर बसेको थिएँ । नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि दोखमा गीत गाएको हुँ ।’ लाइभ रेकर्डिङको प्रचलन करिबकरिब हटिसकेको अवस्थामा ‘वन चरी उड्यो’ गीत भने लाइभ रेकर्डिङ गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । ‘सिर्जना गर्न साह्रै गाह्रो छ’ कार्यक्रममा गायक गुरुङले भने, ‘सिर्जनालाई माया गरिदिनुभयो भने अर्को सिर्जना गर्ने हौसला मिल्नेछ ।’ भूकम्प अघि नै सुटिङ भएको फिल्मको पटकथा राजन कठेतले लेखेका हुन् ।
अनुप बरालको निर्देशन रहेको चलचित्रमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, सजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया