बजारमा ‘माकुरी’ आयो

काठमाडौं– मुक्तककार उषा केसीको दोस्रो मुक्तक कृति माकुरी बजारमा ल्याइएको छ । ललितपुरमा भएको एक कार्यक्रममा माकुरी बजारमा ल्याइएको हो ।
साहित्यिक पत्रकार संघको आयोजनामा कार्यक्रममा मुक्तककार केसीकी आमा माकुरी पौडेल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोकलगायतले मुक्तक कृति माकुरी लोकार्पण गरेका हुन् ।
उनले आफ्नी आमाको ९० औं जन्मदिनको उपलक्ष्यमा सो कृति प्रकाशित गरेकी हुन् ।
आमा माकुरीलाई समर्पित गरिएको कृतिमा ३०३ वटा मुक्तक छन्। कार्यक्रममा स्रष्टाका आमालाई जन्मदिनको उपलक्ष्यमा अभिनन्दन गरिएको थियो । आमा नै जीवनको श्रेष्ठता भएकाले उनलाई समर्पित गर्दै संग्रह प्रकाशन गरिएको मुक्तककार केसीको भनाइ छ ।
चतुश्पदीय शैलीमा लेखिएका मुक्तकले राजनीतिक विकृति, देशप्रेम, माया र आमाका बारेमा बोलेका छन् ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_B7SEFdzqei_rgwn1ezyhbcv09tg6kdhglqcy01twsqa3fqatbvyvgz5b3rahmyilozgtxil.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया