यू-१५ क्रिकेटः मधेश र बागमती प्रदेश फाइनलमा

काठमाडौँ - मधेश प्रदेश र बागमती प्रदेश बलियो नेपाल कप यू-१५ क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । मूलपानी क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश १ लाई ५ विकेटले पराजित गर्दै बागमती फाईनल प्रवेश गरेको हो ।
वर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको प्रदेश १ ले ६३ रन जोडेको थियो । जवाफमा ६४ रनको लक्ष्य बलियो बागमतीले १०.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
दोस्रो सेमिफाईनल खेलमा लुम्बिनी प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित दर्ता गर्दै मधेश प्रदेश फाईनल प्रवेश गरेको छ । १९ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गर्दै लुम्बिनी प्रदेशले ७ विकेटको क्षतिमा १०० रन जोडेको थियो । जवाफमा १ सय १ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशलाई ३ बलमा २ रन आवश्यक रहँदा साईमन रोएले छक्का प्रहार गर्दै खेल जिताए ।
प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया