के विराट र बाबर एउटै टिमबाट खेल्न लागेका हुन् ?

काठमाडौँ - आईसीसी वा एसीसीले आयोजना गर्ने प्रतियोगिताबाहेक भारत र पाकिस्तानबीच कुनै पनि क्रिकेट खेल हुने गरेको छैन । दुई देशबीच क्रिकेट सिरिज आयोजना नभएको वर्षौ भइसक्यो भने विश्वकै सबैभन्दा ठूलो फ्रेन्चाइज्ड लिगको रुपमा रहेको इन्डियन प्रिमियर लिगमा समेत पाकिस्तानी खेलाडीहरूले खेल्न पाउदैनन । सन् २०१२ देखि नै दुई देशबीच कुनै पनि सिरिज हुन सकेको छैन।
भारत र पाकिस्तानबीच प्रायजसो आईसीसी अथवा एसीसीले आयोजना गर्ने प्रतियोगितामा बल्लतल्ल भेट हुने गर्छ र उक्त खेलले अधिकांश क्रिकेट प्रेमीको ध्यान तान्ने गरेको छ ।
दुई देशबीच सिरिज नहुने तथा दुवै देशमा हुने लिगमा एक-अर्काको देशको खेलाडीलाई समेत समावेश नगर्ने अवस्था हुँदा के पाकिस्तान र भारतका क्रिकेट खेलाडीहरू एकै टिमबाट खेल्न सम्भव छ ?
खासमा एसियन क्रिकेट काउन्सिल (एसीसी) ले पुनः अफ्रो-एसियन कप आयोजना गर्न तयारी गरिरहेको छ । यस अघि सन् २००५ र सन् २००७ मा अफ्रो-एसिया कप भएको थियो । सन् २००५ मा तीन खेलको एकदिवसीय सिरिज भएको थियो भने सन् २००७ मा एक खेलको टी-ट्वान्टी सिरिज समेत भएको थियो ।
अफ्रो-एसियन कपमा भारत र पाकिस्तानका उत्कृष्ट खेलाडीहरूले यसमा खेल्न सक्नेछन् र यसको अर्थ भनेको भारतका विराट कोहली र रोहित शर्मा तथा पाकिस्तानका बाबर आजम र मोहम्मद रिजवान जस्ता क्रिकेटरको सहभागिता हुन सक्छ ।
एसीसीले २०२३ मा अफ्रो-एसियन कप आयोजनाका लागि तयारीमा जुटेको छ । यदि सो कप आयोजना भए त्यसमा भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशका खेलाडीको सहभागितामा एसिया-११ नामक टिम बन्ने बताइएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया