कर्णाली प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ- कर्णाली प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा शनिवार सपन्न भएको छ । पूँजीबजारका लगानीकर्ताहरुलाई सचेत गराउने उद्देश्यले आयोजित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले देशका सातै प्रदेशमध्ये कर्णालीले अघिल्लो चालू आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याएको बताए ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनमा विशेष जोड दिएको बताए । मुख्यमन्त्री शाहीले बजेटले अधिकांश पुराना योजनालाई सम्पन्न गर्न जोड दिएको तथा नयाँ ५ प्रतिशत योजना मात्रै अघि सारेको उल्लेख गरे ।
पूँजीबजारमा लगानीकर्ता कम रहेको कर्णालीमा पूँजीबजारको वारेमा सचेतना वृद्धि गर्नु सम्वद्ध निकायहरुले ध्यान दिनु आवश्यक भएकोमा मुख्य मन्त्रीले जोड दिनु भयो ।
उनले नाफा कमाउने लोभमा ऋण लिएर लगानी गर्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सानो पूँजीबाट लगानीको शुरुवात गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।
नेपाली समाजमा वित्तीय अनुशासन कमजोर भएको उल्लेख गर्दै,लगानीकर्ता, बैकर्रहरु तथा व्यवसायीहरुले वित्तीय अनुशासनमा ध्यान दिनु आवश्यक भएकोमा मुख्यमन्त्री शाहीले जोड दिए। कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या लगानीकर्ता साक्षरताको अवस्था भने कमजोर रहेको बताए ।
देशव्यापी रुपमा पूँजीबजार सचेतना वृद्धिका लागि नेपाल धितोपत्र बोर्डले सम्वद्ध निकायहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु अघि बढाएको डा अधिकारीले बताए । उनले लगानी गर्दा हतारमा नगरी कम्तीमा पनि दुई बर्षसम्म पखिर्ने गरी लगानी गर्ने कम्पनीको अध्ययन गरेर मात्र लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे।
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुरले शाहीले कर्णाली प्रदेशमा रहेका सेयर बजारका लगानीकर्ताहरुलाई सचेत गर्न सचेतना सम्बन्धी कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिए ।
सेयर बजारको विकासको लागि राज्यले प्रभावकारी नीतिगत व्यवस्थामा सुधार गर्नु आवश्यक रहेको बताए । नेपाल उद्योग परिसंघ कर्णाली प्रदेशका उपाध्यक्ष विष्णु खडकाले उद्योग धन्दा निराशाजनक अवस्था रहेको बेला पूँजीबजार मार्फत औद्योगिक लगानीका लागि पूँजी संकलन गर्न सेयर बजारलाई प्रभावकारी औजारको रुपमा अघि बढाउनु आवश्यक भएकोमा जोड दिए। हामीले अवलम्वन गरेको आर्थिक नीतिको कारण नेपाल स्वावलम्बी भन्दा आयातमुखी अर्थतन्त्रको नकारात्मक असर परेको बताए ।
प्रतिक्रिया