प्रचण्डको आशंका : संघीयतालाई कमजोर पारेर उल्ट्याउने प्रयास अहिले पनि कायमै छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयतालाई कमजोर पारेर उल्ट्याउने प्रयास अहिले पनि जारी रहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संघीय गणतान्त्रिक नेपाललाई नरुचाउने वर्ग तत्वहरू यसलाई उल्ट्याउन सकिन्छ कि भनेर बल गरिरहेको बताए ।
उनले आफ्नो पार्टीले लडेर ल्याएर लोकतन्त्रको रक्षा र यसका उपलब्धिलाई संस्थागत गर्नका निम्ति सबै कर्मचारी र पूर्वमाओवादीहरू एक हुनुपर्ने बताए । उनले पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण पनि बनेको दाबी गरे ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र भनौं संघीयतालाई कमजोर पारेर उल्ट्याउने प्रयास अहिले पनि कायमै छ । हिजो नेकपा माओवादीको अगुवाइमा कर्मचारी, राजनीतिक दल, नागरिक समाज, आमजनता सबै मिलेर लडेर ल्याएको संघीयतालाई नरुचाउने वर्ण तत्वहरू अहिले पनि यसलाई उल्ट्याउन सकिन्छ भनेर बल गरिनै रहेका छन्,’ उनले भने ।
उनले अगाडि भने, ‘सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ । अब विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ । त्यसको असर विभिन्न जनसंगठनमा पर्दैछ र पर्नु स्वभाविक पनि छ ।’
उनले कर्मचारीहरू पनि माओवादीसँग एकीकृत हुन चाहिरहेको बताए । उनले पार्टी र संगठनबीच असल ढंगले समन्वय गर्न र कर्मचारीभित्र संगठनलाई अझ बढी सुदृढ र बिस्तारित गर्दै लैजान सम्पूर्ण कर्मचारीसँग अनुरोध गरे ।
देशको रुपान्तरणमा कर्मचारीको पनि उल्लेख्य भूमिका रहेको भन्दै कर्मचारीहरूलाई पनि राजनीतिक रुपमा संगठित हुने अधिकार रहेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया