प्रचण्डको दाबी : सबै पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण बनेको छ

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबै पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पूर्वमाओवादीहरूको नयाँ एकताको श्रृंखला नजिकिएको दाबी गरेक हुन् । उनले अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने दाबी गरे ।
‘हामी एकता र विभाजनको श्रृंखला पार गरेर यहाँ आइपुगेका छौँ । माओवादी आन्दोलनभित्र पनि विभाजनको एउटा श्रृंखला र एकताको नयाँ प्रक्रिया हुँदै अब करिब-करिब सबै पूर्वमाओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण भएको छ,' उनले भने, 'अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ । छिटै त्यो टुंगोमा पुग्दैछ ।'
अध्यक्ष दाहालले कर्मचारीहरू भित्र पनि बिस्तारै एकीकृत हुने अवस्था बन्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया