अमेरिकाद्वारा नेपाललाई २२ लाख मात्रा कोभिड-१९ विरुद्धको खोप प्रदान

काठमाडौँ- अमेरिकी सरकारले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न २२ लाख मात्रा बाल खोपको अनुदान प्रदान गरेको छ । ५ देखि ११ वर्ष सम्मका बालबालिका लक्षित यी अत्यन्त प्रभावकारी, जीवन रक्षक खोप अमेरिकी जनताको उदारतामार्फत प्रदान गरेको हो ।
यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल-मात्रा खोपको १५ लाख मात्रामा थपिने छन् ।
बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले उक्त खोप लगाउने विषयमा ५६ जिल्लाहरूमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्न नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेको थियो ।
विश्वव्यापी रूपमा अमेरिकाले १ सय १५ विकासोन्मुख देशहरूलाई १ अर्ब १० करोडभन्दा बढी कोभिड-१९ खोपको अनुदान प्रदान गर्ने जनाएको छ। हाल ५० करोडभन्दा बढी मात्रा उपलब्ध गराइसकेको छ । ४ अर्ब अमेरिकी डलरको योगदान गर्ने अमेरिका विश्वव्यापी खोप पहल कोभ्याक्सको सर्वाधिक ठुलो द्विपक्षीय दाता समेत हो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया