रुपन्देहीमा थप दुई संक्रमितको मृत्यु

बुटवल : कोभिड १९ संक्रमणका कारण रुपन्देहीमा सोमबार दुई जनाको मृत्यु भएको छ । उनीहरूको बुटवलको कोरोना विशेष अस्पताल बुटवल र भैरहवाको भीम अस्पतालमा मृत्यु भएको हो । बुटवलको कोरोना बिशेष अस्पतालमा ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका १७ का ४५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि उपचार थालिएको थियो । कोरोना पुष्टि भएसंगै कोरोना बिशेष अस्पतालमा भर्ना गरिएकोमा सोमबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनीमा कोरोना संक्रमणसहित मृगौला र पित्तको समेत समस्या रहेको डा. गौतमले बताए ।
यस्तै भैरहवाको भिम अस्पतालमा अर्का एक संक्रमितको मृत्यु भएको छ । सैनामैनाबाट उपचारका लागि भीम अस्पतालमा भर्ना भएकी ५६ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएका उनी १९ गते अस्पतालमा भर्ना भएकी थिइन् । मधुमेहको समेत समस्या रहेकी उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेले जानकारी दिए । यो संगै रुपन्देहीमा मृतकको संख्या ८१ जना पुगेको छ । अस्पतालमा अहिले पनि गम्भीर प्रकृतिका बिरामीहरु बढ्दै गएको कोरोना बिशेष अस्पतालले जनाएको छ ।

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका तीन दाजुभाइ

प्रतिक्रिया