बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

एसपीपीबारे एक अर्कोलाई आरोप लगाइयो, तथ्यको खोजी हुनुपर्छ  : ईश्‍वर पोखरेल

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमालेका सांसद ईश्‍वर पोखरेलले जित र हारको मानसिकताबाट मुक्त भएर एसपीपी सम्झौताको सम्बन्धमा यथार्थ तथ्यको खोजी गर्नुपर्ने बताएका छन् ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद पोखरेलले अमेरिकी प्रस्‍ताव स्टेट पार्टनरसिप प्रोग्रामको सम्बन्धमा एकले अर्कोलाई आरोप लगाइएको भन्दै तथ्यको खोजी गर्नुपर्ने बताएका हुन् । उनले यस सम्बन्धमा सरोकारवाला निकायहरूका बीचमा भएका पत्राचारहरूले सत्यतथ्य बुझ्‍न सघाउने बताए । 

पोखरेलले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई गरेको निर्देशन अनुरुप सबै पत्राचारहरू समितिलाई दिइनुपर्ने र आफूहरूले सही जानकारी पाउनुपर्ने माग गरे । उनले एसपीपीको सम्बन्धमा उठेका प्रश्‍नहरूको प्रधानमन्त्रीले समितिमा आएर जवाफ दिनुपर्ने जिकिर गरे ।