कंगनाको ‘धाकड’को बेहाल : बजेट ८५ करोड, कमाइ साढे दुई करोड

मुम्बई- विवादले सधैँ फाइदा गर्दैन भन्ने कुराको प्रमाण बलिउडमा कंगना रनावत बनेकी छिन् । सहकर्मी कलाकारमाथि तिललाई पहाड बनाएर झम्टने आरोप खेप्ने गरेकी कंगनाले यो काममा आम मानिसबाट सामाजिक सञ्जालमा साथ पाए पनि हलमा भने यिनले धोका दिन थालेका छन् ।
दिनप्रतिदिन कंगनाका फिल्म हेर्ने दर्शक घट्दै गएको व्यापार विश्लेषकको विश्लेषण छ । यसको ताजा उदाहरण बनेको छ कंगनाको ताजा रिलिज ‘धाकड’ । ८५ करोडको लागतमा बनेको यो फिल्मले जम्मा २ करोड ५८ लाख कमाइ गरेको समाचार छ ।
मे २० मा कार्तिक आर्यनको ‘भूलभूलैया २’सँग रिलिज भएको फिल्मले पहिलो दिनदेखि नै दर्शक पाएको थिएन । रिलिजको दोस्रो दिनदेखि नै दर्शक नभएर सोजहरू क्यान्सिल भएका समाचार आएका थिए । यो फिल्मले स्याटालाइट र डिजिटल अधिकार पनि बेच्न पाएको थिएन ।
बढी मूल्य पाउने लोभमा रिलिज पछि बेच्न खोजेका निर्माता फिल्म फ्लप भएपछि क्रेता नपाएर जिल्ल परेका थिए । कंगनाको पछिल्लो हिट फिल्म ‘तनु वेड्स मनु रिटर्न’ थियो । त्यसपछि कंगना आफैँले निर्देशन गरेको ‘मनिकर्णिका’ले औसत व्यापार गरेपनि त्यसयता रिलिज कुनै पनि फिल्मले राम्रो व्यापार गरेका छैनन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया