एएफसी कप प्लेअफः दशरथ रंगशालामा आर्मी र श्रीलंका पुलिस भिड्ने, टिकट ५०० र ३०० रुपैयाँ

काठमाडौँ: एएफसी कप २०२१ को छनौट चरणको प्रारम्भिक प्लेअफमा त्रिभुवन आर्मी क्लबले चैत २५ गते श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टस् क्लबको सामना गर्दैछ । एएफसी कपको प्रारम्भिक प्रारम्भिक खेल दशरथ रंगशालामा हुनेछ ।
एएफसी कपको समूह चरणमा प्रवेश पाउन आर्मीलाई दक्षिण एसिया अन्तर्गतको छनौटमा दुई टिमलाई हराउनु पर्नेछ । पहिलो प्लेअफमा आर्मीले श्रीलंकन विपक्षीलाई हराउन सके, दोस्रो चरणमा बेंगलुरु एफसीको समाना गर्नुपर्नेछ । कुल तीन खेलमा विजयी भएपछि मात्रै आर्मी एसियाली क्लब फुटबलको दोस्रो दर्जाको प्रतियोगिता मानिएको एएफसी कपको समूह चरणमा प्रवेश गर्नेछ ।
दशरथ रंगशालामा हुने प्लेअफका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा आर्मीका टिम म्यानेजर विकास मल्लले आफूहरु छनौटको दोस्रो चरणमा पुग्ने विश्वासमा रहेको बताए । ‘श्रीलंकन पुलिस टिम कमजोर विपक्षी होइन । उनीहरुसँग विदेशी खेलाडी पनि भएकाले हाम्रा लागि पहिलो प्लेअफ सहज हुनेछैन । तर पनि हामी अर्को चरण पुग्नेमा विश्वस्त छौँ,’ टिम म्यानेजर विकासले भने ।
गत वर्षको शहिद स्मारक ए डिभिजन लिगमा उप-विजेता रहेको आर्मीले श्रीलंकन विपक्षीको सामना गर्दा दशरथ रंगशालामा पचास प्रतिशत दर्शकलाई राखिनेछ । खेल हेर्न आउने दर्शकका लागि विशिष्ट श्रेणीतर्फ पाँच सय रुपैयाँ र साधारणतर्फ तनि सय रुपैयाँ कायम गरिएको बताइएको छ । खेल साँझ ५ः३० मा हुनेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया