शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

थप २३ जनामा कोभिड पुष्टि

काठमाडौँ - नेपालमा थप २३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परीक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोभिडको संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप १२ संक्रमित कोभिड मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन् । हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।