जग्गाको वर्गीकरणबारे पुनर्विचार गर्न सांसद संग्रौलाको माग
काठमाडौं–नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले जग्गाको वर्गीकरणबारे सरकारले गरेको निर्णयमा पुनर्विचार गर्न माग गरेकी छिन् । सोमबार संसद् बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
‘सरकारले जग्गाको वर्गिकरण नगरि धितो राख्न नमिल्ने व्यवस्था गरेपछि वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका सयौँ विद्यार्थी मार्कामा परेका छन्,’ उनले भनिन्, ‘सरकारको निर्णयका कारण कतिपय अभिभावकहरूले स्वीकृति गराइसकेको ऋण रकम पनि निकासा हुन सकेको छैन ।’
सांसद संग्रौलाले स्थानीय निकायले जग्गाको वर्गीकरण कहिलेसम्म गर्ने टुंगो नभएकाले विद्यार्थी वर्गमा परेको समस्या सरकारले तत्काल सम्बोधन गर्नुपर्ने उनले बताइन्।
‘स्थानीय निकायले कहिलेसम्म जग्गाको वर्गीकरण गर्ने हुन् भन्ने के टुंगो छैन,’ उनले भनिन्, ‘त्यसैले सभामुख मार्फत नेपाल सरकारलाई यो निर्णयबारे पुर्नविचार गरि देशैभरका विद्यार्थी र अभिभावकलाई परेको समस्यालाई सम्बोधन गर्न हार्दिक अनुरोध गर्छु ।’

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया