सांसद नविना लामाले मागिन् अर्थमन्त्रीको राजीनामा
काठमाडौं– नेकपा एमालेकी सांसद् नविना लामाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेकी छिन् । सोमबार संसद्को शून्य समयमा बोल्दै सांसद लामाले सरकारले नैतिकता गुमाएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा मागेकी हुन् ।
‘यो बेला मूल्य वृद्धिले जनता अप्ठेरोमा रोइरहेका छन्,’ उनले भनिन्, ‘किसान रोइरहेका छन् । हिजो मात्रै धादिङमा जनता र पुलिसको मुडभेटमा कारणले ठूलो झडप भएको छ । बैंकमा ९ महिना यता पैसा छैन । व्यवसायीले ऋण पाइएको छैन । उच्च शिक्षा हाँसिल गर्न जाने विद्यार्थीले बैंकको कारोबार गर्न पाएको छैन । यो बेला मैले विनम्रता साथ भन्नु पर्छ नैतिकता गुमेको सरकार, नैतिकता गुमेको अर्थमन्त्रीको राजीनामा माग गर्दछु ।’
उनले कांग्रेस र माओवादीलाई व्यंग्य गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरिन् ।
‘आपूmलाई वीपीको समाजवादको अनुयायी ठान्ने नेपाली कांग्रेस र जनताको मुक्ति दाता ठान्ने माओवादीको गठबन्धन सरकारले जनताकाे ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको छ,’ उनले भनिन्, ‘आज इन्धन, ग्याँसलगायतका सबै पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । त्यो मात्रै होइन सबै क्षेत्रमा मूल्य वृद्धि भएर निमुखा जनताको घरमा चुलो बाल्न मुस्किल परेको छ ।’

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया