पाकिस्तानविरुद्धको पहिलो एकदिवसीयमा डुसेनको शतक
काठमाडौँ : पाकिस्तानविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाका ब्याट्सम्यान रसीभानडेर डुसेनले शतक बनाएका छन् । सेन्चुरिएनमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले खराब सुरुवात गर्दा डुसेनले पाली सम्हालेका थिए ।
चौथो नम्बरमा क्रिजमा आएका डुसेनले नटआउट १२३ रन बनाए । १३४ बलको सामना गरेका डुसेनले १० चौका र दुई छक्का प्रहार गरे । उनले डेभिड मिलरसँग ११६ रनको साझेदारी गरेका थिए । मिलर ५० रनमा आउट भए ।
पाकिस्तानका शहिन अफ्रिदी र ह्यारिस रउफले दुई दुई विकेट लिए । डुसेनको शतक मद्दतमा दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७३ रन बनायो । पाकिस्तानले २७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ ।
दक्षिण अफ्रिका भ्रमणमा रहेको पाकिस्तानले तीन खेलको एकदिवसीय र चार खेलको टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया