कमब्याकमा सुपर फ्लप शिल्पा सेठ्ठी

मुम्बई -टेलिभिजन सोमा जजको कुुर्सीमा बसेर ‘सुपर से उपर’ भन्दै प्रतिस्पर्धीको तारिफ गर्ने शैलीले बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई दर्शकसँग बिरानो हुन दिएको थिएन । यति मात्र होइन कि उनले यही काम गरिगरिकन नयाँ फ्यान बनाएको पनि अनुमान गर्न सकिन्थ्यो ।
तर टेलिभिजनमा उनलाई देखेर दंग पर्ने दर्शक हलमा जाने कष्ट भने गरेनन् । एउटा मात्र होइन, दुई–दुई फिल्ममा शिल्पाले यो नियति भोग्नुपर्यो । अन्ततः बलिउडका अधिकांश अभिनेत्रीको झैँ उनको पनि कबब्याक बिर्सनलायक रह्यो ।
शिल्पा सेठ्ठीले कम्तिमा एक दशकपछि ‘हङ्गामा २’मार्फत बलिउडमा कमब्याक गरेकी थिइन् । पहिलाको हिट फिल्मको नाम लिइएको यो फिल्मले उनलाई उद्योगमा पुनस्र्थापित गर्ने धेरैको विश्वास थियो । तर यो फिल्मले नराम्ररी धोका दियो । अघिल्लो वर्षको जुलाई अन्तिममा रिलिज भएको फिल्मले बक्स अफिसमा ५ करोडको पनि व्यापार गर्न सकेको थिएन । ३० करोड लगानी भएको फिल्म हल रिलिजमा फ्लप मानिएको थियो ।
लगभग एक वर्षपछि पर्दामा फर्किएकी शिल्पालाई दोस्रो फिल्म ‘निकम्मा’ले पनि निराश बनाएको छ । ५० करोड हाराहारी लगानीमा बनेको यो फिल्मले पहिलो दिन ७५ लाखको व्यापार गरेको थियो । प्रर्दशनको चौथो दिनसम्ममा यो फिल्मले पनि जम्मा २ करोडको व्यापार गरेको समाचार छ ।
ठूलो पर्दा लामो समय छाडेर फेरि फर्कने अभिनेत्रीको प्रयास उति सफल देखिएको छैन । सन् ८०÷९० को दशकमा राज गरेका श्रीदेवी, माधुरी दीक्षित, करिष्मा कपुर आदिको पनि कमब्याक उति राम्रो भएको थिएन । तर शिल्पाको झन् बिजोग भएको छ । न फिल्मले पैसा कमाएका छन् न शिल्पाको अभिनयको तारिफ भएको छ । फिल्मको भाषामा भन्दा उनको कमब्याक सुपरफ्लप देखिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया