सांसद गुप्ताकाे दुखेसो : ट्राफिक प्रहरीले सवारी साधन चेक गरेर हैरान पारे

काठमाडौँ- प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ताले ट्राफिक प्रहरीले सवारी साधन चेक गरेर हैरान पारेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गुप्ताले यस्तो बताएका हुन् । सरकारले लाइसेन्स नहुनेलाई गाडी दिनु नहुने बताउँदै उनले गाडी आयात नगर्न र लाइसेन्स तुरुन्त दिन माग गरे ।
यस्तै बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले यस वर्ष बाढी, पहिरोबाट हुने क्षतितर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन् । नेपालीले यस वर्ष वर्षाका कारण ठूलो जनधनको नोक्सानी हुनसक्ने भन्दै सरकारले बेलैमा ध्यान दिनुपर्ने जिकिर गरिन् । उनले पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडकखण्डमा पहिरोका कारण यात्रुले कष्ट भोगेको प्रति सरकारको ध्यानाकर्षण पनि गराइन् ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया