सांसद विमलाको व्यंग्य : मन्त्री आलेको अश्लील शब्द गठबन्धन जोगाउने 'अमृतवाणी'
काठमाडौँ- प्रतिनिधि सभा सदस्य विमला बिकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई अपशब्द प्रयोग गरेका कारण सरकारले कारबाही गरे नगरेको बारे प्रश्न गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बिकले यस्तो प्रश्न गरेकी हुन् । उनले मन्त्री आलेको सो शब्द गठबन्धन जोगाउने अमृतवाणी नै भयो कि भन्ने व्यंग्य समेत गरेकी छन् ।
सोही क्रममा प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले राजधानी काठमाडौँलाई जलमग्न हुनबाट बचाउन राजधानी काठमाडौँका प्राकृतिक खहरे खोला, राज किलो, टुकुचा, धोबीखोलालाई नापनक्सा गरी पूर्ववत् अवस्थामा ल्याइनुपर्ने बताए । त्यसैगरी काठमाडौंका डाँडामा भइरहेका अतिक्रमण पनि रोक्नुपर्ने उनले जिकिर गरे ।
यस्तै अर्का सांसद भैरव बहादुर सिंहले जयपृथ्वी राजमार्ग अघिल्लो वर्षदेखि नै अवरूद्ध भएको भन्दै सो राजमार्ग सुचारू गर्न माग गरे । प्रतिनिधि सभा सदस्य महेन्द्र कुमारी लिम्बुले भने सरकारसँग इन्धनको मूल्य घटाउन र बजारको अनुगमन गर्न माग गरेका छन् ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया