शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नेपालमा थप १९ मा कोभिड पुष्टि

काठमाडौं– नेपालमा थप १९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ३१ पिसिआर परीक्षणका क्रममा १४ जना र १ हजार ८३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय २० जना निको भएका छन् । हाल नेपालमा १ सय २४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।