'मेरो निर्वाचन क्षेत्रमा अर्थमन्त्रीले एउटा पनि बजेट पार्नुभएन'

काठमाडौँ- सत्तारुढ दलका सांसदहरूले नै सरकारको चर्को आलोचना गर्न सुरू गरेका छन् ।
सत्तारुढ नेपाली काँग्रेसका सांसद सञ्जय कुमार गौतम, नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशीला चापागाईँ र नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वती कुमारी बिशुन्केले जनतालाई अझै मलको व्यवस्था गर्न नसकेको, आगामी आर्थिक वर्षको बजेटमा आफ्ना निर्वाचन क्षेत्रका लागि कुनै पनि बजेट विनियोजन नगरेको, महँगीले जनता मारमा पर्दा पनि राहत दिने तयारी समेत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेको हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा (माओवादी केन्द्र)की सांसद धर्मशीला चापागाईँले आफ्नो निर्वाचन क्षेत्रमा आगामी आर्थिक वर्षका लागि एउटा पनि बजेट नपारेको भन्दै आपत्ति जनाएकी छन् । गत माघ महिनादेखि जनताका सरोकारका योजनाहरूमा बजेट हाल्नका लागि अर्थमन्त्री जनार्दन शर्मासँगै कुरा गरेको उल्लेख गर्दै उनले त्यहाँ किन बजेट नपारेको हो, जनतालाई तत्काल जवाफ दिन सरकारसँग माग गरेकी छन् ।
सोही क्रममा नेपाली काँग्रेस सांसद सञ्जय कुमार गौतमले असार १५ बित्न लाग्दा समेत मलको अझै व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले महँगीको मारमा परेका जनतामा निराशा छाउन थालेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
अर्का सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वती कुमारी बिशुन्केले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको नामै लिन सरकारले नचाहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले सो जलविद्युत आयोजना नेपाली लगानीमै सम्पन्न गर्ने गरी अघि बढाउन पनि सरकारलाई दवाव दिइन् ।
सांसद बिशुन्केले नेपालको जलविद्युत निर्यात गरेर राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्ने सो आयोजनाको काम अघि बढाउन किन विलम्ब गर्नु परेको भनि सरकारसँग प्रश्न समेत गरिन् ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया