भारतमा कोरोनाबाट एकैदिनमा ८१ हजार सङ्क्रमित, ४६९ जनाको मृत्यु

नयाँदिल्ली : भारतका कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन तीव्र रुपमा बढ्दै गइरहेको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार भारतमा एकै दिनमा थप ८१ हजार ४६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
त्यसैगरी ४६९ जनाको पछिल्लो २४ घण्टामा कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २३ लाख तीन हजार १३१ पुगेको छ ।
भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कूल सङ्ख्या भने एक लाख ६३ हजार ३९६ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिले पनि छ लाख १४ हजार ६९६ जना कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।
सङ्क्रमित र मृतकहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि राजधानी दिल्लीमा भने लकडाउन लागू गर्ने कुनै योजना नरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । महामारी फैलिँदै गएकाले फेरि लकडाउन लागू हुने आशंका र चर्चा चलिरहेका बेला शुक्रबार उनले लकडाउन लगाउने योजना नरहेको स्पष्ट पारेका हुन् । (एएनआई)

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

प्रतिक्रिया