युक्रेनमा महिलाको अवकास उमेर बढ्यो

किव : युक्रेनमा महिलाको अवकास उमेर वृद्धि गरिएको छ । नयाँ व्यवस्था यही अप्रिल १ देखि लागू भइसकेको अधिकारीहरुले जनाएका छन् । सरकारले सरकारी रोजगारीमा रहेका महिलालाई ६० वर्षपछि अवकास पाउने व्यवस्था लागू गरिएको घोषणा गरेको हो । युक्रेनमा यसअघि महिलालाई ५५ वर्षपछि अवकास दिने व्यवस्था रहेको थियो । अहिले पाँच वर्ष बढेर पुरुष सरह भएको हो ।
महिलाको पनि अवकास उमेर ६० वर्ष बनाउने प्रस्तावसहितको विधेयकलाई युक्रेनको संसद्ले सन् २०११ मा नै पारित गरेको थियो । तर त्यो कानूनी व्यवस्था अहिले मात्रै कार्यान्वयनमा आएको हो ।
सरोकारवालाहरुको सुझाव र आग्रहलाई ध्यान दिँदै महिलाको अवकास उमेर वृद्धि गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्याङ्क अनुसार युक्रेनमा पुरुषकोभन्दा महिलाको जनसङ्ख्या धेरै रहेको छ । पछिल्लो विवरण अनुसार महिलाको जनसङ्ख्या दुई करोड २४ लाख रहेको छ भने पुरुषको जनसङ्ख्या एक करोड ९३ लाख रहेको छ ।
तीमध्ये एक करोड ७६ लाखभन्दा बढी मानिस काम गर्ने समूहका रहेका छन् । ती मध्ये ४७.६ प्रतिशत महिला रहेका छन् । युक्रेनमा १५ बर्षभन्दा बढी उमेर भएकालाई काम गर्न सक्ने उमेर समूहमा राख्ने गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । (सिन्ह्वा)

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

प्रतिक्रिया