केकीले हिरोइन बन्न गरेको संघर्ष 'सिल्ली फो' ट्रेलर

काठमाडौँ - केकी अधिकारीको मुख्य भूमिका रहेको सिनेमा 'सिल्ली फो'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएको सिनेमामा अभिनेत्री अधिकारीले हिरोइन बन्न संर्घषरतत युवतीको भूमिका निवार्ह गरेकी छन् । बाँकी कलाकारलाई पैसा कमाउन भौतारिएको देख्न सकिन्छ ।
राज बहादुर साने निर्देशित सिनेमामा दर्शकको मनोरञ्जनको चासोलाई ध्यान दिइएको छ । कमेडी जनरामा पहिलो पटक काम गरेकाले पनि आफूले सिल्ली फोबाट धेरै कुरा सिक्न पाएको निर्देशक साने दाबी गर्छन् । ह्याप्पी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह-निर्माताको रुपमा छन् ।
सिनेमा आगामी असार ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमामा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ ।
सिनेमामा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानले ट्रेलर काटेका हुन् । वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको सिनेमाको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया