सुवर्ण थापा निर्देशित 'राधा'को दोस्रो थिम पोस्टर सार्वजनिक

काठमाडौँ - सुवर्ण थापाको निर्देशन रहेको फिल्म 'राधा'ले दोस्रो पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले अभिनेत्री सृष्टि श्रेष्ठ कसैको खोजीका लागि यात्रामा रहेको संकेत गर्छ ।
बेपत्ता श्रीमानको खोजीको कथामा बनेको फिल्मको पहिलो पोस्टरमा बच्चा बोकेकी सृष्टिको उदास अनुहारलाई प्रस्तुत गरिएको थियो । पोस्टरबाटै कथा भन्ने प्रयास गरिरहेका सुवर्ण थापाले दोस्रो पोस्टरमा यसका लागि सृष्टि यात्रामा निस्किएको संकेत गरेका छन् ।
सुवर्ण थापाकै लेखन रहेको यो फिल्ममा सृष्टिबाहेक सौगात मल्ल, खगेन्द्र लामिछाने, दिव्यदेव, दयाहाङ राई, निश्चल बस्नेत, मेनुका प्रधान आदि कलाकारको अभिनय रहेको छ । सौगात मल्लसमेत निर्माता रहेको फिल्म भदौ १० गते सार्वजनिक प्रदर्शन हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया