शनिबार 'एलओडी' मा कुटुम्बको पञ्चेबाजा, धिमे, सारङ्गी,मुरली र मादल घन्किने

काठमाडौँ- ठमेलस्थित 'एलओडी' क्लबमा आगामी शनिबार सांगीतिक समूह 'कुटुम्ब' आफ्नो प्रस्तुती दिने भएका छन् । सधैँ 'डिजे' संगीत घन्किने यसपटक शनिबार क्लबमा भने लोकधुन गुञ्जिने छ ।
पञ्चेबाजा, धिमे, सारङ्गी,मुरली र मादलको धुनले क्लबको माहोल फरक हुने आयोजकले जनाएका छन् । कुटुम्बले सोही दिन स्थानीय लोकबाजाको प्रयोग गर्ने छन् ।
ब्याण्डले च्याब्रुङ, धां, धिमे, बाँसुरी सारंगी, तुङ्गना अर्बाजो, पञ्चेबाजा, मादल, धिमे, सारङ्गी र मुरली जस्ता बाजा प्रयोग गरी आफ्नो सांगीतिक समूहलाई अगाडि बढाइरहेका छन् ।
नेपालका विभिन्न जातजातिले प्रयोग गर्ने उक्त बाजा कुटुम्बले प्रयोग गर्दै आइरहेका छन् । धेरैजसो नेपालका लोकप्रिय बाजाहरू बजाउन गर्छ कुटुम्बले ।
ब्यान्डमा विषेशगरी 'छ' जना छन् । नेपाली संगीत क्षेत्रमा फरक शैलीको धुन बजाएर नाम छुट्टै पहिचान बनाएको समूहले नेपाली बाजाको उत्थानसमेत गर्दै आएको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया