सत्यमोहन जोशीको घरको संग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने

काठमाडौँ- संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको निवासमा रहेको संग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने भएको छ ।
पौभा चित्र निर्माणका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले आज जोशी निवास पुगी सो जानकारी गराएका हुन् ।
केही समयअघि संस्कृतिविद् जोशीले आफूलाई घरमा बोलाएर निवासमा बनेको संग्रहालयमा आफ्नो अन्तिम इच्छा बमोजिम चक्रसंवर पौभा भित्ते चित्र निर्माणका लागि बजेट विनियोजन गरिदिन आग्रह गरेका मन्त्री श्रेष्ठले जानकारी दिए । संस्कृतिविद् जोशीको आग्रह अनुसार नै मन्त्रालयले बजेट विनियोजन गरेको जनाइएको छ । रासस

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_vWRPzAkgKN_pd7j2auyi7yc0d7yl9tdcshugriohmssy7dah586gi9o4tvjdgmiktntm9or.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया