अनुप बराल निर्देशित ‘दोख’को दोस्रो टिजर सार्वजनिक

काठमाडौँ - दुई हप्तापछि रिलिजको संघारमा रहेको ‘दोख’को दोस्रो टिजर सार्वजनिक भएको छ । माओवादी द्वन्द्वको पृष्ठभूमिमा बनेको फिल्मले दोस्रो टिजरमा यसको खुलासा गरेको छ ।
१ मिनेट २३ सेकेन्ड लामो टिजरले फिल्म सशस्त्र संघर्षका बाछिटालाई पर्दामा उतारेको छ । टिजरले मनीष निरौला र दियाका दृश्यलाई ठाउँ दिएको छ । फिल्मले सामुदायिक वनको विषयलाई लिएर हुने दुई गाउँबीचको विवादलाई फुटबल खेलमार्फत सल्ट्याउने कथा प्रस्तुत गर्छ । तर सशस्त्र द्वन्द्वको समयमा यो खेल फुटबलको नियममा मात्र खेलिन्न ।
दोस्रो टिजरमा अटाएका दृश्यले शान्त गाउँमा लडाकुको प्रवेशले आउने उथलपुथललाई संकेत गरेका छन् । असा
र २४ मा सार्वजनिक प्रदर्शन हुन लागेको फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन् । शैलेन्द्र डी कार्कीको छायांकन रहेको फिल्मलाई राजन कठेतले लेखेका हुन् । फिल्ममा लोकमणि सापकोटा, रोयदिभ, माओत्से गुरुङ, सुरज मल्ल, कमल सापकोटा आदि कलाकारको अभिनय रहेको छ । ५ वर्षअघि देखि निर्माण सुरु भएको फिल्मले बल्ल प्रदर्शन मिति जुराएको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया