नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गरियोस् : लालबाबु पण्डित
काठमाडौँ– नेकपा एमालेका सांसद लालबाबु पण्डितले नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गर्न सरकारलाई आग्रह गरेका छन् । उनले बिहीबार संसद् बैठकको शून्य समयमा बोल्दै सरकारलाई चाँडो नागरिकता विधेयक पारित गराउने आग्रह गरेका हुन् ।
‘२ लाख ५० हजार भन्दा बढी युवाहरू नागरिकता सहित पहिचानको खोजीमा छन्,’ उनले भने, ‘सरकारले नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट पारितगरी नागरिकता वितरणको व्यवस्था मिलाओस् भन्ने आग्रह गर्न चाहान्छु ।’
उनले संघीय निजामति विधेयक सरकारले फिर्ता गरेर संघीयताको मर्म तहसनहस बनाएको समेत आरोप लगाए । ‘संघीय निजामति विधेयक सरकारले फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहसनहस बनाउने काममा लागेको छ,’ उनले भने, ‘त्यसकारणले संघीय निजामति सेवा ऐन जुन राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको त्यो ऐनलाई छिटो संसदमा ल्याइ पारित गर्ने तर्फ सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।’

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया