टीकापुर घटनामा थारु समुदायका साथीहरूमाथि लगाइएको झूटा मुद्दा फिर्ता गरियोस् : सांसद गौतम
काठमाडौँ– नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले टीकापुर घटनामा थारु समुदायका मानिसहरूमाथि लगाइएको मुद्दा फिर्ता गर्न माग गरेका छन् । उनले बिहीबार संसद्को शून्य समयमा बोल्दै मुद्दा फिर्ता गर्न माग गरेका हुन् ।
‘टीकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएकाले सो घटनामा थारु समुदायका साथीहरूमाथि लगाइएको झूटा मुद्दा फिर्ता गरियोस्,’ उनले भने, ‘फरार सूचीमा रहेकाहरूलाई उन्मुक्ति र राजबन्दीलाई अविलम्ब रिहाइ गर्न नेपाल सरकारसँग माग गर्छु ।’
निजामति सेवामा थारु समुदायको उपस्थिति नभएको भन्दै उनीहरूको मौलिक हक हनन भएको समेत सांसद गौतमले बताए । थारु समुदाय नेपालको चौथो ठूलो जनसंख्या भएको समुदाय भएकाले थारु क्लस्टर छुट्याएर निजामति सेवा ऐन पारित गर्नसमेत उनले माग गरे ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया