न्यायाधीश र अधिवक्तालाई पक्राउ गरेर अनुसन्धान गर्न राप्रपाले न्यायपरिषद्मा निवेदन दर्ता गरायो

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई करोड घुसको डिल गर्ने न्यायाधीश र अधिवक्तालाई पक्राउ गरि अनुसन्धान गर्नुपर्ने भन्दै न्यायपरिषद्मा निवेदन दर्ता गरेको छ ।
पार्टीको सुशासन विभागका प्रमुख तथा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले घुस काण्ड सार्वजनिक भएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार पोखरेल र अधिवक्ता रुद्र पोखरेललाई पक्राउ गरि थप अनुसन्धान गर्न निवेदन दर्ता गराएको हो ।
निवेदन दर्तापछि शाहीले तत्काल उनीहरुलाई पक्राउ नगरे थप आन्दोलन गर्ने र सर्वोच्चमा रिट दायर गरिने चेतावनी दिए । मुलुकका विधिको शासन कायम गर्न पनि सबैलाई बराबरको कानून हुनुपर्ने राप्रपाले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया