बालिकालाई ललाईफकाई भारततर्फ लैजादै गरेका दुई जना पक्राउ

विराटनगर- झापा बिर्तामोड नगरपालिका बस्ने १३ वर्षीया बालिकालाई भारततर्फ लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको मजतपुर घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर ५ मूर्तिचोकमा डेरा गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ४ सपही बस्ने १९ वर्षकी शिरिषा सिंह महथालाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरूले मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १५ भन्सार कार्यालयको २ नम्बर ढाट सीमाक्षेत्रबाट नाबालिकालाई ललाईफकाई भारततर्फ बेचबिखन गर्न लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूमाथि मोरङ जिल्ला अदालतबाट मानब वेचबिखन तथा ओसारपसार मुद्दामा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया