कुञ्ज थिएटरमा आइतबारदेखि बहुभाषिक नाट्य उत्सव

काठमाडौँ - नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले हप्ता दिनसम्म बहुभाषिक नाट्य उत्सवको आयोजना गर्ने भएको छ । प्रतिष्ठानले थापागाउँस्थित कुञ्ज थिएटरमा विभिन्न भाषाभाषीका नाटक मञ्चन गर्न लागेको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य निशा शर्माले १२ गतेदेखि सुरु हुने नाट्य महोत्सव १८ गतेसम्म चल्ने जानकारी गराएकी छिन् । नाट्य महोत्सवमा लिम्बू, तामाङ, थारु, खस, लाप्चा, पुमा, बाम्बुले राई भाषाका नाटक मञ्चन हुनेछन् ।
मञ्चन हुन लागेका अधिकांश नाटक जिल्लाबाट छनौट भएर आएका हुन् । हप्तादिनसम्म मञ्चन हुने नाटक इलाम, धरान, काठमाडौँ, ललितपुर, कर्णाली, ओखलढुंगाबाट आएका हुन् ।
नाटक हरेक दिन साढे ५ बजे कुञ्ज थिएटरको हलमा मञ्चन हुनेछन् । प्रतिष्ठानले वर्षेनी भाषाभाषीको नाटक गर्ने गरेको छ । तर अघिल्ला साल भने महामारीका कारण हुन सकेको थिएन ।

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया