एमालेको विरोधपछि हेटौंडाको नगरसभा स्थगित

मकवानपुर- हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरे पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेको विरोधका कारण स्थगित भएको छ ।
बिहान १० बजेका लागि लाइएको नगर सभामा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले आफ्नो अडान नछाडेका कारण सभा स्थगित गरिएको हो ।
गाउँ नगर जिल्ला सभा सञ्चालन ऐन २०७५ को दफा ५ को उपदफा २ बमोजिम गणपूरक संख्या नपुगेकाले नगर सभा आगामी १२ गते दिउँसो १ बजे बस्ने गरी बेलाइएको हो ।
एमाले सदस्यहरूले बैठक सञ्चालन कार्यविधि संशाेधन गर्न माग गरेपछि बैठकमा सहमति हुन सकेको छैन । एमाले सदस्यहरूले राखेको प्रस्तावलाई पेलेर लैजान खोजिएको भन्दै विरोध जनाएका हुन् ।
उपमहानगरपालिकामा विजयी एमालेका ५४ जना नगर सभा सदस्यहरुसहितको बैठकले स्थानीय सरकार संचालन ऐन सञ्चालन सम्बन्धी बैठक कार्यविधि संशाेधनको माग गर्दै आएको छ ।
नगर सभाबारे एमालेले केहीबेरमा पत्रकार सम्मेलन गरी पार्टीको धारण स्पस्ट पार्ने जनाएको छ ।

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया