राजनीतिक दललाई सांसद देवकाे सुझाव : समयमै निर्णय गर्ने संस्कार बसाउनुपर्छ

काठमाडौँ- नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद्को चालू अधिवेशनमै नागरिकतासम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसद्को चालू अधिवेशनमा नै नागरिकतासम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् । उनले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडि बढ्नुपर्ने बताए । उनले नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिने गरी कानुनको मस्यौदा तयार नगर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरे ।
सांसद देवले संविधानमा भएको व्यवस्थालाई आधार मानेर कानुन बनाउनुपर्नेमा जोड दिए । उनले नागरिकताको सवालमा असहमतिका विषयहरूलाई छलफल गर्दै संविधानलाई टेकेर सहमतितर्फ जानुपर्ने जिकिर गरे ।
देवले जन्मसिद्धका नागरिकलाई नागरिकता दिने, आमाको नामबाट नागरिकता दिने र गैरआवासीय नेपालीहरूलाई राजनीतिक बाहेकका अधिकार दिने विषयलाई समेटेर संसद्बाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताए । उनले नेपाली राजनीतिमा कुनै पनि विषयमा निर्णय गर्दा अन्तिम अवस्थामा गर्ने संस्कार रहेको भन्दै कुनै पनि निर्णय समयमै गर्नुपर्ने संस्कार बनाउनुपर्ने उल्लेख गरे । सांसद देवले देशलाई कुनै पनि बहानामा वर्गीय, जातीय र लैङ्गिक रूपमा द्वन्द्वमा जान दिन नहुने बताए ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया